कास्की पहिरो: एउटै चितामा अस्ताए परियार दम्पती

पाेखरा | असार २८, २०८१

कास्की पहिरो: एउटै चितामा अस्ताए परियार दम्पती

पोखरा:   अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका  ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ । 

 

माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो ।

 

कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो ।

 

 

माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो ।

 

उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् ।


 

यो पनि पढ्नुहोस

 

 

अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् ।

 

गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्